९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले लागुऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री गर्ने चार जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक विचित्र मगरसहितको टोलीले भारतबाट खैरो हिरोइन ल्याएर राजधानी काठमाडौँलाई केन्द्र बनाई बिक्री दुई भारतीय नागरिकसहित चार जनालार्ई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
सप्तरी राजविराजका ३९ वर्षीय रविआनन्द देव, भारतको हरिपुरका २३ वर्षीय राजा कुमार, भारतको स्वस्तिकनगरका २१ वर्षीय देवेन्द्रकुमार शाह र मोरङका २९ वर्षीय पुष्प मगरलाई पक्राउ गरी सार्वजनिक गरिएको ब्युरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरिएको उनले बताए ।
सप्तरी राजविराजका देवको काठमाडौँ महानगरपालिका–१३ स्थित पनेरुगाउँको कोठाबाट २७२ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । भारतीय नागरिक राजा र देवेन्द्रले स्कर्पियो गाडीमा भारतबाट खैरो हिरोइन ल्याएर बिक्री गर्न लागेको अवस्थामा चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गे अड्डाबाट ५९२ ग्राम र मगरको साथबाट कोटेश्वर क्षेत्रबाट ९३ ग्राम बरामद गरिएको सहप्रवक्ता यादवले जानकारी दिए ।
खैरो हिरोइन भारतबाट ल्याएर काठमाडौँमा केन्द्र बनाई कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको उहाँले जानकारी दिए । पक्राउ परेका व्यक्तिमाथि लागुऔषध (नियन्त्रण), ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको सहप्रवक्ता यादवले जानकारी दिए ।















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया