सोमबार, मंसिर १, २०८२

आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल

मेरोन्यूज २०८२ मंसिर १ गते ५:५६

काठमाडौं ।आज २०८२ साल मंसिर १ गते सोमबार। मंसिर कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १७ तारिख। अन्तर्राष्ट्रिय विद्यार्थी दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

मेष : समय लागे पनि सोचेका कार्य बन्नेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। नोकरी वा व्यापार व्यवसायलाई लिएर आफन्तहरूबाट टाढिनुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

वृष :सन्तानको भविष्यलाई लिएर महत्वपूर्ण कार्यहरू पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको साथ मिल्नेछ। व्यापारमा आम्दानी बढाउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

मिथुन : स्वास्थ्य सम्बन्धी चिन्ताले सताउनेछ। आफ्नो कामको लागि अरुको भरपर्दा दुःख पाइनेछ। कार्यक्षेत्रमा बल भन्दा बुद्धिको उपयोगले काम लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट : अवसर प्राप्त भए पनि नयाँ काम प्रारम्भ गर्नु भन्दा अघि होस् पुर्याएर निर्णय लिनुहोस्। आत्मबलमा वृद्धि हुनेछ। आफूभन्दा सानाप्रति आत्मीयता बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह : शिक्षाको क्षेत्रमा बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। व्यापार व्यवसायमा परिवारको साथ मिल्नाले सफलता प्राप्त हुनेछ। मिठो बोलिको सबैले प्रशंसा गर्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

कन्या : विद्यार्थीहरूको अध्ययनमा राम्रो प्रगति हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। व्यापार व्यवसायभन्दा सेवामुलक कामबाट राम्रो उपलब्धि प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

तुला : परिस्थितिवस चिताएको काममा बाधा आउन सक्छ। आफुले गरेको मेहनतको फाइदा अरुले उठाउन सक्लान्। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक :हातमा आएको रकम अरूको लागि खर्च गर्नुपर्ला। आफ्नो व्यवहारमा संयमता राख्नुहोस्। शेयर बजारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ८ रहेको छ।

धनु : माननीयजनहरूको भावना बुझेर अगाडि बढ्नुहोस्। कार्यक्षेत्रमा प्रगतिको मार्ग प्रशस्त हुनेछ। पिताको सहयोगले आँटेको काममा सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

मकर : रचनात्मक कार्य बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। पहिलाको सफलताले थप हौसला जगाउनेछ। धर्म कर्मप्रति रुचि बढ्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ : कार्यक्षेत्रमा धेरै मेहनत परे पनि प्रतिफल प्राप्त हुनेछ। शत्रुपक्ष सक्रिय रहनेछन् सचेत रहनुहोस्। नयाँ कार्य थालनीको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

मीन :कार्यक्षेत्रमा नयाँ अवसर हात लाग्नेछ। अप्ठ्यारा परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। समय र अवस्था नबुझी बोल्ने बानीले समस्या निम्ताउला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

प्रतिक्रिया