आज बस्ने भनिएको कांग्रेस बैठक ४ गतेलाई सारियो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक पनि स्थगित भएको छ । अब बैठक मंसिर ४ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा लेखिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ मंसिर १ गते सोमबार दिउँसो २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८२ मंसिर ४ गते बिहीबार दिउँसो २:०० बजे बस्ने भएको छ ।’
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुन भनिएको छ ।
कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने बहस जारी छ । यो बहसकाबीच कांग्रेसले निर्णय लिन सकेको छैन । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २८ बाट सुरु भएको थियो ।









चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे
पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य
प्रतिक्रिया