आज बस्ने भनिएको कांग्रेस बैठक ४ गतेलाई सारियो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक पनि स्थगित भएको छ । अब बैठक मंसिर ४ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा लेखिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ मंसिर १ गते सोमबार दिउँसो २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८२ मंसिर ४ गते बिहीबार दिउँसो २:०० बजे बस्ने भएको छ ।’
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुन भनिएको छ ।
कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने बहस जारी छ । यो बहसकाबीच कांग्रेसले निर्णय लिन सकेको छैन । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २८ बाट सुरु भएको थियो ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया