एनपीएलको उद्घाटन खेलमा काठमाडौं गुर्खाजसँग जनकपुर पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा काठमाडौं गुर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले जनकपुरले दिएको १३१ रनको लक्ष्य १८ ओभरमा ५ विकेट क्षतिमा पूरा परेको हो । काठमाडौंले १३२ रन जोड्दै विजय यात्रा थालेको हो ।काठमाडौंको जितमा बेन चार्ल्सवर्थले सबैभन्दा बढी ४६ रन जोडे । उनले २३ बलमा ५ चौका र ३ छक्कासमेत प्रचार गरे ।
ओपनरद्वय बेन र आकाश त्रिपाठीको ७० रनको बलियो साझेदारी सञ्जय कृष्णमूर्तिले तोडेका हुन् । सञ्जयले पहिलो विकेटका रुपमा बेनलाई जोन सिम्पसन मार्फत् क्याच आउट गराएका हुन् ।दोस्रो विकेटका रुपमा भीम सार्की आउट भए । ७ बल खर्चेर ३ रन जोडेका भीमलाई ललित राजवंशीले लाहिरु मिलन्थामार्फत् क्याच आउट गराएका हुन् ।
१५ ओभर ४ बलसम्म क्रिजमा टिकेका ओपनर आकाश त्रिपाठीले ४५ बलमा पाँच चौकाको सहयोगमा ३९ रन जोडे ।
काठमाडौंमा मिलन्द कुमारले २२ बलमा खर्चेर १९ रन जोडे । उनले एक छक्का प्रहार गरे । ६ बल खेलेका जोन सिम्पसनले एक चौका र एक छक्काको सहयोगमा १३ रन जोडे ।
अन्य ब्याटरले जितका लागस दोहोरो अंक बनाउन आवश्यक परेन । गेरहार्ड इरास्मसले एक रन र मोहम्मद आदिल आलमले ८ रन जोड्दा जित काठमाडौंको पक्षमा आयो ।
जनकपुरका कुनै पनि बलरले कमाल गर्न सकेनन् । किशोर महतो, अनि शाह, ललित राजवंशी, जान निकोल लोफ्टी(इटन र सञ्जय कृष्णमूर्तिले समान एक(एक विकेट लिए ।
किशोर यादव खर्चिलो बलर बने । उनले तीन ओभर बलिङ गर्दा एक २८ रन खर्चिए । चार–चार ओभर बलिङ गरेका अनिल शाह र लिलत राजवंशीले समान २६–२६ रन खर्चिए ।




















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया