४२ लाख ठगीको आराेपमा दुई जना पक्राउ

काठमाडौँ । कामदार भिषामा बेलायत पठाउने भन्दै रु ४२ लाख ठगी गरेको अभियोगमा दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ घर भई हाल काठमाडौँ गोकर्णेश्वर–७ बस्ने २२ वर्षीय आदर्श तिमल्सिना तथा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ घर भई गोकर्णेश्वर–७ बस्ने ३४ वर्षीय आशिष खोखाली रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, “पक्राउ परेकामध्ये तिमल्सिनाले रु ३० लाख ५० हजार तथा खोखालीले रु ११ लाख ५० हजार कामदार भिषामा युके पठाउने भन्दै एक जनाबाट रु ४२ लाख रकम लिई फरार रहेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”
फेसबुक पेजमा जेन शिक्षा मब नामक कन्सल्टेन्सीका सञ्चालक आशिष खोखालीसमेत भएको ठगीसम्बन्धी कसुर मुद्दामा निजहरुलाई काठमाडौँ–१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।
















खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
उदयपुरमा बेपत्ता भएका राई पाँच दिनपछि मृतावस्थामा फेला
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया