ताेकिएकाे मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान
मेरोन्यूज
२०८२ मंसिर ५ गते १२:५७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् ।
शुक्रबार पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तीको अवसरमा पौडेलले यस्ताे आह्वान गरेका हुन् ।
राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल बनाउन सबै पक्ष लाग्नुपर्ने बताए । देश विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले त्यसबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउन निर्वाचनको मिति घोषणा गरिएको बताए ।
निर्वाचन परिणामले मुलुकको सुशासन,विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै मुलुकलाई नयाँ दिशा दिने विश्वास उनले व्यक्त गरे ।
सम्बन्धित
















HoR elections: 88 polling stations ‘sensitive’ in Kavre
6 killed in police encounter in southern Pakistan
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेदेखि
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया