कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?

काठमाडाैं । नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि विराटनगरमा आइतबार बिहान आक्रमणको प्रयास भएकाे छ ।
सुनसरीमा हुने कार्यक्रमका लागि मोरङको विराटनगरस्थित विमानस्थलबाट बाहिरिने क्रममा बस्नेतमाथि केही युवाहरुले आक्रमणको प्रयास गरेका हुन् । उनी चढेको गाडीमा रोतो मसी छ्यापिएकाे थियाे । साथै ती युवाले बस्नेतविरुद्व नाराबाजी समेत गरेका थिए ।
उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर-१ का २५ वर्षीय सन्जोग गौतमलाई नियन्त्रणमा लिइएकाे हाे ।
पक्राउ परेका दुवै युवा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका रहेकाे बुझिएको छ ।
केही दिनअघि मात्रै बाराको सिमरामा हुने एउटा कार्यक्रममा महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितका नेता जाने भएपछि युवाहरूले विरोध गरेका थिए । सिमरामा तनाव भएपछि उनीहरू काठमाडौं विमानस्थलबाटै फर्किएका थिए । तनाव उग्र बन्दै गएपछि यहाँ दुई दिन कर्फ्यु लगाइएको थियो ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया