महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा

काठमाडाैं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले एमाले नेता महेश बस्नेतलाई रातो मसी छ्याप्नेमाथि कडा कारबाही हुने बताएका छन्।
आइतबार विराटनगर विमानस्थलनजिकै बस्नेत चढेको गाडीमा युवाहरूले रातो रङ (मसी) छ्यापेका थिए । यो कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर-१ का २५ वर्षीय सन्जोग गौतमलाई पक्राउ गरेको छ।
गौतम र कुँवर नेविसंघका नेताहरू हुन् ।
अध्यक्ष शेर्पाले संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिने भन्दै शेर्पाले बस्नेतमाथि मसी छ्याप्ने कायरता नेविसंघको नभएको समेत वक्तव्यमार्फत प्रष्ट पारेका छन् ।
‘लोकतन्त्रमा विरोध सबैको अधिकार हो तर आज विराटनगरमा महेश बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसंघको होइन। संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिन्छ,’ उनले भनेका छन्।
















राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
एउटै पालिकाबाट छ जना उम्मेदवारः महिला शून्य
श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया