दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित

काठमाडौँ । नेपाल पहिलो दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज श्रीलङ्काको कोलम्बोमा भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा पूरा ग¥यो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो । जवाफमा भारतले तीन विकेटको क्षतिमा ११७ रन बनायो ।
भारत र श्रीलङ्कामा आयोजित प्रतियोगितामा नेपाल र भारतसँगै अष्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिका पनि सहभागी थिए ।
फाइनलमा भारतकी फुला सेरेनले २७ बलमा ४४ रन बनाइन भने नेपालका लागि सरिता घिमिरेले ३८ बलमा ३५ रन बनाइन् ।
यसप्रकारको क्रिकेटमा प्लास्टिकको ‘ह्वाइट बल’ प्रयोग हुन्छ । बलभित्र ‘ब्यारिङ’ प्रयोग गरिएको हुन्छ, जसको सहायताले ब्याटर बलको अवस्था थाहा पाउँछ । बलरले ब्याटरलाई सोधेर मात्रै बलिङ गर्नुपर्ने हुन्छ । क्रिकेटमा पनि सामान्य जस्तै ११ खेलाडी हुन्छन् । तर चार जना पूर्ण रुपमा दृष्टिबिहीन हुनुपर्ने नियम छ ।
















अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया