स्पिनरले राम्रो प्रदर्शन गर्दा जीत सहज भयोः सन्दीप लामिछाने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकाल्यो । जनकपुर सामू सामान्य प्रस्तुत गरेको विराटनगरको जितमा स्पिनरको भूमिका महत्वपूर्ण रह्यो ।
जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै विराटनगरका कप्तान सन्दीप लामिछानेले स्पिनरका कारण जित सम्भव भएको बताए । उनले भने, “हाम्रो स्पिन बलिङ राम्रो भयो, हामीले कम रनको लक्ष्य दिएपनि बलिङ राम्रो हुँदा जित सम्भव भयो ।”
लामिछानेले स्पिनर नरेन भट्टको प्रशंसा गरे । उनले भने, “नरेन आज जुन खालको बलिङ गर्यो, त्यो उत्कृष्ट थियो, उसले पावरप्ले र अन्तिमतिर पनि राम्रो बलिङ गर्यो ।”
विराटनगरको लगातारको तेस्रो जित टिम सन्तुलित भएकाले पनि सम्भव भएको उनको भनाइ थियो । जनकपुरलाई पराजित गर्ने क्रममा लामिछानेले एक्लैले चार विकेट लिएका थिए ।
जनकपुरका प्रशिक्षक शिवनारायण चन्द्रपलले आगामी खेलमा ब्याटिङमा सुधार गर्दै लैजाने बताए ।









आजका लागी विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
गाजामा युद्धविराम उल्लङ्घन जारी, चार जना प्यालेस्टिनीको मृत्यु
अझै फर्किएनन् १२४ कैदीबन्दी
सुदूरपश्चिमको लगातार तेस्रो जित
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
सुदन गुरुङले आफ्नो घरमा गएर धम्की र ज्यानमाथि दागा गरेकाे किसान श्रेष्ठको आरोप
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
चुनावमा भाग लिने कांग्रेसको निर्णय
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
प्रतिक्रिया