गाजामा युद्धविराम उल्लङ्घन जारी, चार जना प्यालेस्टिनीको मृत्यु

गाजाको खान युनूस सहरलाई लक्षित गरी सोमबार भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य घाइते भएको जनाइएको छ ।
गाजाका अस्पतालका चिकित्सा स्रोतहरूका अनुसार गाजा सहरको पूर्वमा अल–तुफाह र शुजैय्या क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ । खान युनूसको पूर्वमा भएको ड्रोन आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै थप दुई जना घाइते भएका प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु ए एफ ए) ले जनाएको छ ।
यसैबीच, खान युनूसको पूर्वमा रहेको बानी सुहेला सहरमा भएको इजरायली ड्रोन आक्रमणका घाइतेको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको जनाइएको छ ।
एजेन्सिले इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा आक्रमण जारी राखेको र गाजा सहरको पूर्वको अल–तुफाहमा विस्फोटक पदार्थले भरिएका गाडीहरू विस्फोट गरिरहेको रिपोर्ट गरेको छ । गाजामा युद्ध अन्त्य गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गाजा पट्टीबाट कब्जा बलहरू फिर्ता तथा उत्तरी गाजामा विस्थापित मानिसहरूको फिर्ती सुरु भएपछि हमास र इजरायली निकाय बिचको युद्धविराम सम्झौता अक्टोबर ११ देखि लागु भएको थियो ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया