आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल

काठमाडौं । आज २०८२ साल मंसिर ९ गते मंगलबार। मंसिर शुक्ल पक्षको पञ्चमी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २५ तारिख। विवाह पञ्चमी । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।
मेष : व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
वृष : धार्मिक वा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा गरेको मेहनतको धेरैले लाभ उठाउने छन्। शिक्षाको क्षेत्र फराकिलो हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
मिथुन :आँटेका लक्ष्यहरू सफलतापूर्ण सम्पन्न गर्नमा बाधा आउनेछ। अध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : नजिकका आफन्त र मित्रहरूसँग आत्मीय भेटघाटले मन प्रसन्न रहनेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। योजना विपरीत कार्य नगर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
सिंह :अरुको लागि श्रम र बुद्धि खर्च गर्नुपर्ला। आर्थिक पक्ष सामान्य रहनेछ। विद्यार्थीहरूले परिणामको चिन्ता नगरी पढाइमा एकाग्र रहनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कन्या : प्रेम सम्बन्ध सुमधुर रहनेछ। कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ। विद्यार्थीहरूको शैक्षिक क्षेत्रमा विकास हुनेछ। थप परिश्रमले प्रतिस्पर्धामा सफलता दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।
तुला : मान प्रतिष्ठामा वृद्धि हुनेछ। व्यापार व्यवसायमा जीवनसाथीको साथ मिल्नेछ। नोकरी वा पेशामा सहयोगीहरूको साथ मिल्नेछ। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक :सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। आफूभन्दा सानासंग आत्मीयता बढ्नेछ। गृहणीहरूको घरभन्दा सामाजिक कार्यमा धेरै समय व्यतीत होला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
धनु : अध्ययनमा सफलता पाइनेछ। मित्रहरूको सहयोगले रोकिएका काम बन्नेछन्। व्यापार व्यवसायलाई लिएर सामान्य भागदौड गर्नुपर्ला। समय अनुकूल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
मकर : पढाइमा मन जानेछ। कार्यक्षेत्रमा पदोन्नति वा सम्मान पाउने योग छ। बोलिको प्रभावले अरुलाई आफूतर्फ आकर्षित गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ : कार्यक्षेत्रमा केही चुनौती देखिए पनि परिश्रमले सफलता मिल्नेछ। सम्बन्धमा केही उतारचढाव आउनेछ। स्वास्थ्यमा ध्यान दिनुपर्ने समय रहेको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।
मीन : व्यापारमा राम्रो लाभ रहनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। व्यापारमा नयाँ कार्यको लागि पारिवारिक समर्थन पाइनेछ। आर्थिक स्थितिमा सुधार हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया