मंगलबार, मंसिर ९, २०८२

नवलपरासीमा थपिए ६ हजार मतदाता

मेरोन्यूज २०८२ मंसिर ९ गते १२:४६

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीमा छ हजार १४० जना मतदाता थपिएका छन् ।

निर्वाचन कार्यालयका अनुसार तीन हजार २३५ पुरुष र दुई हजार ९०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् ।

राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पाँच हजार ३८० जनाले नाम दर्ता गराएका छन् । यद्यपि यी नाम आयोगले अद्यावधिक गरिनसकेको निर्वाचन अधिकारी सुजाता खत्रीले बताए ।

कार्यालयले प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा मतदान केन्द्र थप गर्न सिफारिस गरेको राससलाई बताए। यसअघि पश्चिम नवलपरासीमा १२० मतदान केन्द्र कायम थिए ।

प्रतिक्रिया