एनपीएलः सोमबार दुई खेल हुने

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज सातौँ दिन आइतबार खेल राखिएको छैन । नेपाल क्रिकेट सङ्घले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम दिन राखिएको थियो । भोलि सोमबार भने त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दुई खेल हुनेछन् ।
बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी, दोस्रो खेल दिउँसो ४ः०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ । हालसम्मको अङ्कतालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् ।
तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाज भने दुई अङ्क जोड्दै तेस्रो स्थानमा छ । दुईवटा खेल खेलेको पोखरा भने दुवै पराजित हुँदै पुछारमा छ । मङ्सिर १ गतेदेखि सुरु एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । मङ्सिर २७ गते फाइनल हुनेछ ।
















संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न राष्ट्रपतिको आग्रह
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव
नेप्सेमा दोहोरो अंकको गिरावट
President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया