मलेसियामा बाढीको कारण १८ हजार भन्दा बढी विस्थापित

काठमाडौं । मलेसियामा उत्तरपूर्वी मनसुनको कारण हालै आएको बाढीले १८ हजार भन्दा बढी मानिसहरुलाई विस्थापित गरेको अधिकारीहरुले बताएका छन् । बाढीका कारण देशभरि १० वटा राज्यहरू प्रभावित भएको उनीहरुले जनाएका छन् ।
केलान्टन, प्रान्तमा धेरै दिन देखि लगातार भारी वर्षा भएकाले नौ हजार ७०० भन्दा बढी मानिसहरुलाई स्थानानान्त्रण गरी राहत केन्द्रहरूमा राखिएको जनाइएको छ ।
अन्य विस्थापितहरू मध्ये दुई हजार ७१८सेलान्गोर प्रान्तका र दुइृ हजार ८८१ पेराक प्रान्तका रहेको र अन्य बाँकी देशका विभिन्ने क्षेत्रका रहेको जनाइएको छ ।
यसैबीच, सरकारका मुख्य सचिव समसुल अजरी अबु बकरले बाढीबाट प्रभावित राज्यहरूमा सरकारले विभिन्न एजेन्सीसँगको समन्वयमा एक लाख भन्दा बढी कर्मचारी तथा आवश्यक सामग्री तैनाथ गरेको बताएका छन् ।
कार्यवाहक शिक्षा मन्त्री वोङ काह वोहले राष्ट्रिय स्तरका परीक्षाहरू अगाडि बढ्ने बताउँदै असहज परिस्थितिलाई सामना गर्ने आकस्मिक उपायहरू भएकाले उम्मेदवारहरू सुरक्षित रूपमा परीक्षा दिन सक्ने बताएका छन् ।
यसैबीच प्रधानमन्त्री अनवर इब्राहिमले बाढी प्रभावितहरुको उद्धार तथा राहत वितरण गर्ने राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीप्रति सन्तुष्टि व्यक्त गर्दै सबै एजेन्सीहरूलाई प्रभावित समुदायहरूलाई सहयोग गर्न अधिकतम प्रयास गर्न निर्देशन दिएका छन् ।
मौसम विभागले भने निरन्तर भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी जारी गरेको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया