नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेल्पितीयाबीच दुई देशबीचको व्यापार सहजीकरण तथा हवाई सेवा विस्तारका विषयमा आज काठमाडौँमा छलफल भएको छ । छलफलका क्रममा नेपाल–श्रीलङ्काबीचको ऐतिहासिक कूटनीतिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै व्यापार विस्तार र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्नुपर्ने साझा धारणा बनेको चेम्बरले जनाएको छ ।
चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल–श्रीलङ्का व्यापारको वार्षिक औसत आकार करिब दुई दशमलव ५ मिलियन अमेरिकी डलर मात्र रहेको उल्लेख गर्दै दुई देशबीच व्यापार असन्तुलन रहेको जानकारी दिए । उनका अनुसार नेपालले एक दशमलव ४० मिलियन डलर बराबरका वस्तु आयात गर्दा निर्यात शून्य दशमलव ७० मिलियन डलरमै सीमित रहेको छ ।
चेम्बरले व्यापार विस्तारका लागि चेम्बरले कृषि, जलविद्युत्, सूचना प्रविधि तथा डिजिटल व्यापार, भौतिक पूर्वाधार र निर्माणलगायत क्षेत्रमा द्विपक्षीय लगानी तथा व्यापार सहजीकरण गर्न सकिने प्रस्ताव राजदूतसमक्ष राखेको अध्यक्ष अग्रवालले जानकारी दिए। पर्यटन प्रवद्र्धनका लागि सातामा कम्तीमा एक उडान श्रीलङ्का–लुम्बिनी तथा लुम्बिनी–श्रीलङ्का सीधा हवाई सेवा सञ्चालन गर्न सकिने प्रस्ताव चेम्बरले अघि सारेको छ ।
यसले श्रीलङ्काका बौद्ध धर्मावलम्बी पर्यटकलाई नेपाल आकर्षित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष अग्रवालको विश्वास व्यक्त गरे। साथै, श्रीलङ्का भ्रमणमा जाने नेपाली पर्यटकका लागि भिसा निःशुल्क व्यवस्था गर्न पनि चेम्बरले अनुरोध गरेको छ ।
भेटवार्तामा राजदूत डेल्पितीयाले व्यापार अभिवृद्धिका सम्भावनाहरू सकारात्मक रहेको भन्दै नेपालसँग व्यापार सहजीकरणका क्षेत्रमा आवश्यक सहयोग तथा पहल गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । साथै, आगामी जुन महिनामा श्रीलङ्कामा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता जनाउन चेम्बर प्रतिनिधिहरूलाई उनले आग्रह गरे । छलफलले दुई देशबीच व्यापार, पर्यटन र आर्थिक साझेदारी विस्तारको दिशामा सकारात्मक वातावरण निर्माण गरेको चेम्बरले जनाएको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया