इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने

इन्डोनेसिया । इन्डोनेसियाको राजधानी जकार्तामा रेबिज सङ्क्रमण नियन्त्रणका लागि कुकुर, बिरालो र चमेरोको मासु बेच्न र उपभोगमा प्रतिबन्ध लगाइएको शहरका गभर्नरले मङ्गलबार जानकारी दिएका छन्।
जकार्ताका गभर्नर प्रमोनो अनुङले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै भने, “खानाको उद्देश्यका लागि रेबिज सार्ने जनावरहरूको मासु बेच्न नगर प्रशासनले प्रतिबन्ध लगाएको छ। यसका लागि मैले निर्णयमा हस्ताक्षर गरिसकेको छु ।”
गभर्नरले अनुङले भने, “यो प्रतिबन्ध जीवित जनावर, मासु वा अन्य कच्चा वा प्रशोधित मासुजन्य उत्पादनहरूमा लागू हुनेछ । सम्बन्धित सबै गतिविधिहरू खाद्य उद्देश्यका लागि लक्षित रेबिज सार्ने जनावरहरूको बेचविखन नियन्त्रणका लागि लागु गर्न लागिएको हो ।”
इन्डोनेसिया कुकुर र बिरालोको मासु बेच्न अनुमति दिने थोरै देशहरू मध्ये एक हो । देशका अन्य स्थानमा पनि मासु बेच्ने अनुमति दिने अभ्यासकोविरूद्ध अभियानले गति लिएको छ । हालका वर्षहरूमा केही सहरले केही जनावरको मासुको बेचबिखनमा स्थानीय प्रतिबन्ध लगाएका छन् ।
पशु अधिकारकर्मीहरूले जकार्ता प्रतिबन्धलाई पशु अधिकारका लागि सही दिशामा अघि बढ्ने एक कदम प्रगतिको रूपमा प्रशंसा गरेका छन् ।
एएफपीले देखेको एक पत्रमा प्रमोनोले सोमबार हस्ताक्षर गरेको उक्त नियम लागू हुनुअघि छ महिनाको छुट अवधि प्रदान गरिएको छ ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिक्रिया