हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
मेरोन्यूज
२०८२ मंसिर ११ गते ९:४८

काठमाडौं । हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण आगलागी हुँदा मृत्यु हुनेको संख्या ४४ पुगेको छ। थुप्रै भवनहरूमा एकसाथ आगो लागेको र धुवाँको मुस्लो उठेको छ। उक्त भवनमा रहेका २७९ जना अझै बेपत्ता रहेको बिबिसीले उल्लेख गरेको छ।
समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले हङकङको वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा आगलागी भएको जनाएको हो। कम्लेक्सका ८ ब्लकमा कुल २ हजार फ्ल्याट थिए।हङकङ सरकारका अनुसार बुधबार स्थानीय समयअनुसार २ बजेर ५१ मिनेट जाँदा आगलागी सुरु भएको थियो।
आगलागी नियन्त्रणमा लिगनका लागि हजारौंको संख्यामा अग्निनियन्त्रक खटिएका छन्। पूर्ण रुपमा नियन्त्रणका लागि समय लाग्ने बताइएको छ। उक्त क्षेत्रमा केही व्यक्ति अझै फसेको अनुमान गरिएको छ।
सम्बन्धित
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया