१० अंकले बढ्यो नेप्से, ६ अर्ब ६६ करोडकाे काराेबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ४३ अङ्कले बढेर दुई हजार ६७६ दशमलव शून्य तीन बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ३९ प्रतिशतको वृद्धि हो ।
आज ३३३ कम्पनीको एक करोड ४६ लाख ९३र हजार ८०७ कित्ता शेयर खरिदबिक्री हुँदा रु छ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ दशमलव ४७ को कारोबार भएको नेप्सेले जनाएको छ । आज १३१ कम्पनीको मूल्य बढ्दा १२१ को खटेको छ भने छ कम्पनी स्थिर छन् ।
आज सागर डिष्ट्रिलरी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा हिमस्टार उर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी सात दशमलव ७८ प्रतिशतले गुमाएका छन् । आज व्यापार समूह शून्य दशमलव १४, वित्त शून्य दशमलव ३८, माइक्रोफाइनान्स शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २६ र अन्य शून्य दशमलव शून्य पाँच प्रतिशतले घटेका छन् ।
साथै बैंकिङ समूह एक दशमलव ४९, होटल तथा पर्यटन शून्य दशमलव ३२, विकास बैंक शून्य दशमलव १७, लगानी शून्य दशमलव ८३, जीवन बिमा शून्य दशमलव १४, निर्जीवन बिमा शून्य दशमलव १० र हाइड्रोपावर शून्य दशमलव शून्य एक प्रतिशतले बढेका छन् ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया