माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो

काठमाडौं । चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा वर्षौंदेखि अलपत्र पुल निर्माणको ठेक्का सरकारले तोडेको छ ।
हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगञ्जले आज सार्वजनिक सूचना जारी गरी ठेक्का तोडिएको जानकारी दिएको हो ।
४१ मिटर लामो पुल निर्माणको ठेक्का लोहनी एण्ड ब्रदर्श प्रालि भरतपुरले पाएको थियो ।
तर काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्कमा नआएकाले ठेक्का तोडिएको आयोजना निर्देशनालय वीरगञ्जले जनाएको छ ।
सूचनामा लेखिए अनुसार निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भनेर १५ दिनभित्र स्पष्टीकरण मागिएको थियो । तर स्पष्टीकरण नबुझाएको, काम सुरु नगरेको र निर्माण व्यवसायीका प्रतिनिधि पनि म्पर्कमा नआएकाले ठेक्का तोडिएको हो ।
ठेक्का तोडिएकाले अब सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (८) बमोजिम कार्य सम्पादन जमानत जफत गर्ने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असुल उपर गर्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्देशनालयले जनाएको छ ।
साथै हालसम्म अद्यावधिक काम र बाँकी कामको नापजाँच तथा मूल्यांकन गरी वित्तीय फरफारख गर्न आजको मितिले १५ दिनभित्र उपस्थित हुन पनि भनिएको छ । यदि निर्माण व्यवसायी वा निजको प्रतिनिधि उपस्थित नभएमा कार्यालयबाट नापजाँच हुने सूचनामा उल्लेख छ ।
यसअघि सरकारले १४ वर्षदेखि अलपत्र झापाको कन्कोकाइ पुलकाे ठेक्का पनी ताेडेकाे थियो ।










श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु, कयौं बेपत्ता
टस जितेर काठमाडौँविरुद्ध बलिङमा चितवन
२२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया