बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी

काठमाडौँ । विराटनगर किङ्ग्सका बसिर अहमद राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतक हिर्काउने १३औँ खेलाडी बनेका छन् ।
उनले कर्णाली याक्सविरुद्धको खेलमा ३७ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरे । उनी जारी सिजनमा अर्धशतक हिर्काउने १३औँ खेलाडी बने पनि हालसम्म १७ अर्धशतक बनेका छन् ।
जसमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई-दुई अर्धशतक हिर्काएका छन् ।
यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किङ्ग्सका लोकेश बम, मार्टिन गुप्टिल, पोखराका सुमित बर्माले, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल र आशिफ शेखले एक-एक अर्धशतक हिर्काएका छन् । कर्णालीका मार्क वाटमात्र जारी प्रतियोगितामा शतक हिर्काउने खेलाडी हुन् ।













रातभरिमा सहमतिको बिन्दुमा पुग्छौँ : श्याम घिमिरे
त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा भेटियो गणपति डिलक्स
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त
चुरोटभन्दा हानिकारक हुक्का
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया