एनपिएलमा ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने
मेरोन्यूज
२०८२ मंसिर १३ गते १३:४९

काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपिएल)मा एउटा टोलीलाई ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र इंग्ल्यान्डको मेरिलेबन क्रिकेट क्लब (एमसिसी)बीच उक्त अवार्ड प्रदान गर्नका लागि सम्झौता भएको हो ।
आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एमसिसीका क्रिकेट अपरेसन्स निर्देशक रब लिन्चले क्यानका सचिव पारस खड्कालाई उक्त अवार्ड हस्तान्तरण गरे । क्यानले अब एनपिएलमा स्पिरिट अफ क्रिकेट प्रोत्साहन गर्ने टिमलाई यो अवार्ड प्रदान गर्ने जनाएको छ ।
खेलमा निष्पक्षता, आपसी सम्मान र खेलको वास्तविक मर्मलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने टोलीलाई यो अवार्ड दिइने क्यानले जनाएको छ । यसका साथै एमसिसीले नेपाली क्रिकेटको विकासका लागि सहकार्य गर्न तयार रहेको समेत बताएको छ ।
सम्बन्धित













जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया