डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत्

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
भारतबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा घटेर आएसँगै निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रूपैयाँले घटाएको हो ।
मूल्य घटेसँगै १४४ रुपैयाँ ५० पैसा पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४३ रुपैयाँ ५० पैसा (पहिलो वर्ग), १४६ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४५ रुपैयाँ (दोस्रो वर्ष) र १४७ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४६ रुपैयाँ पर्नेछ । यो मूल्य आइतबार राति १२ बजेपछि लागु हुनेछ ।
हवाई इन्धनमा भने प्रति लिटर ५ रुपैयाँ ६२ पैसा बढेर आएकोले आन्तरिकतर्फ प्रति लिटर ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ पुर्याइएको निगमले जनाएको छ । भारतबाट हवाई इन्धनको मूल्य बढेर आएसँगै आन्तरिकतर्फ प्रतिलिटर १२८ रुपैयाँबाट १३४ रुपैयाँ पुगेको छ ।
पेट्रोल र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।














बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया