बेनी–जोमसोम–कोरला सडकः म्याग्दी खण्ड स्तरोन्नति
मेरोन्यूज
२०८२ मंसिर १६ गते १२:०७

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ। बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो ।
उक्त सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ । नागढुंगा–कैकुखोला खण्डको १६.५ किलोमिटरमध्ये ११ किलोमिटर रु ६३ करोडमा कालोपत्र र ढलान भएको छ। राहुघाट–नागढुंगा खण्डको १९ किलोमिटरमध्ये १५ किलोमिटर रु ६६ करोडमा काम सम्पन्न भएको छ।
राहुघाट, बेगखोला, महभिर र पोखरेबगरस्थित कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण, भुरुंगखोला र रुप्सेखोलामा बेलिब्रिज जडान भएका छन्।
सम्बन्धित









बेनी–जोमसोम–कोरला सडकः म्याग्दी खण्ड स्तरोन्नति
जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा चितवन
मंगलबार कति छ सुनको भाउ ?
इनरुवा-३ का मतदाता भन्छन्-‘विकास पहिलो प्राथमिकतामा हुनुपर्छ’
कालीकोटमा विषयगत शिक्षक पाउन कठिन
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपिएलमा पहिलोपटक विदेशी कप्तान
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया