बिहीबार, मंसिर १८, २०८२

श्रीलंकामा विपदमा परी मृत्यु हुनेको सङ्ख्या ४७९ पुग्यो, ३५० अझै बेपत्ता

मेरोन्यूज २०८२ मंसिर १८ गते १८:१६

श्रीलंकामा हालै आएको चक्रवातले निम्त्याएको मौसमी विपद्का कारण बिहीबारसम्म मृत्यु हुनेको सङ्ख्या ४७९ पुगेको त्यहाँको विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ ।

केन्द्रका अनुसार अझै थप ३५० जना बेपत्ता छन्, भने राष्ट्रव्यापी रूपमा चार लाख ५५ हजार ४०५ परिवारका १६ लाख भन्दा बढी मानिसहरू प्रभावित भएका छन् । डिएमसीले विपद्का कारण एक हजार २८९ घरहरू ध्वस्त भएको र ४४ हजार ५०० भन्दा बढी घरमा आंशिक क्षति भएको जनाइएको छ ।

कृषि सेवा विभाग अन्तर्गतका एक हजार ७७७ वटा ट्यांकी, ४८३ वटा बाँध, एक हजार ९३६ वटा नहर र ३२८ वटा सडक क्षति ग्रस्त भएको जनाइएको छ ।

यसै विच चिनियाँ नेताहरूले श्रीलङ्कामा आएको विनाशकारी बाढी प्रति शोक व्यक्त गरेका छन् भने श्रीलङ्काको अनुरोधमा चीनले श्रीलंकालाई नगद अनुदान र लाइफ ज्याकेट, टेन्ट लदगायतका आपूर्ति सहित आपतकालीन मानवीय सहायता प्रदान गर्ने निर्णय गरेको छ ।

एसियाली विकास बैंकले श्रीलंकालाई आपतकालीन अवस्थामा सहयोग गर्न तीस लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ ।

प्रतिक्रिया