आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?

काठमाडौं । आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर ५ तारिख । पुस कृष्ण पक्षको प्रतिपदा तिथि । अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस, विश्व माटो दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : कला वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्नेछ। कामलाई लिएर आफन्तहरूबाट टाढिनुपर्ला। धन सञ्चयनका नयाँ बाटोहरू फेला पर्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
वृष : प्रतिष्ठित कामले समाजमा मानसम्मान प्राप्त गर्ने समय छ। चञ्चल स्वभावले गर्दा गलत कार्यमा फसिएला विचार पुर्याउनुहोला। नयाँ कामको जग बसाउने समय रहेको छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
मिथुन :कार्यक्षेत्रमा काम दोहोराएर गर्नुपर्ला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। व्यावसायिक उद्देश्यलाई लिएर यात्रा गर्नुपर्ला। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट :कार्यक्षेत्रमा अनुकूल परिस्थितिले मन रमाउनेछ। धैर्यवान भएर कार्य गर्नुहोस काम समयमा सम्पादन गर्न सकिनेछ। शेयर बजार बाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
सिंह : रोकिएका कार्यहरूले गति लिनेछ। शुभचिन्तकहरूको साथ र सहयोग जुट्नाले व्यावसायिक निर्णयमा लाभ मिल्नेछ। आलोचकहरूबाट पनि प्रशंसा पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
कन्या : कार्यक्षेत्रमा अधिनस्थ कर्मचारीहरुको सहयोग प्राप्त हुनेछ। संतानको भविष्यलाई लिएर नयाँ निर्णयहरू लिने समय रहेको छ। धर्म कर्ममा मन जानेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
तुला : गैर जिम्मेवारीपनाले आर्थिक हानि हुन सक्छ सचेत रहनुहोस्। स्वास्थ्यमा खानपिनमा ध्यान राख्नुहोस्। अरुमाथि धेरै भरोसा गर्नाले विश्वासघात हुन सक्छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।
वृश्चिक : घरपरिवारमा प्रसन्नता पूर्ण वातावरण रहनेछ। व्यापारिक वर्गहरूलाई नयाँ अनुबन्ध मिल्नेछ। प्रतियोगी परीक्षामा सोचे अनुरुप परिणाम मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।
धनु :कार्यक्षेत्रमा आलस्य गरेर काम टाल्ने प्रयास नगर्नुहोला। कुराकानी गर्दा विनम्र भाषाको प्रयोग गर्नुहोस् सकेसम्म अप्रिय बोलीको प्रयोग नगर्नुहोला। कार्यक्षेत्रमा बर्चस्व बढाउन सक्नुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
मकर : विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा राम्रो परिणाम प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भावानात्मक आवेगभन्दा विवेकलाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ : स्वास्थ्यका विषयमा बिशेष सतर्कता अपनाउनुहोस्। आलस्य त्यागेर लगनशीलताको साथ कार्यक्षेत्रमा अगाडि बढ्नुहोस्। आफन्तहरू सहयोगी सिद्ध हुनेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक छ रहेको छ।
मीन : आत्मविश्वासमा र मनोबलमा वृद्धि हुनेछ। भाग्यको साथ मिल्नाले योजना गरेका हरेक कुरालाई पूरा गर्न सकिनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।














निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
फिलिपिन्सको डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
कञ्चनपुरमा महिला मतदाता बढी
राष्ट्रिय सभाको १९औँ अधिवेशन : बोहराको निधनमा प्रस्ताव पारित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया