मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
मेरोन्यूज
२०८२ मंसिर १९ गते १७:४९

काठमाडाैं । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन्।
यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
शुक्रबार अपरान्ह सात दलीय गठबन्धनको तर्फबाट यादवले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए। उनलाई कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा नेपाल पार्टी गरी ६ राजनीतिक दलका तर्फबाट जम्मा ७७ जना प्रदेश सभा सदस्यको समर्थन गरेका छन्।
तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि १७ मंसिरमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए।
सम्बन्धित
















नेपाल राष्ट्र बैंकले शुक्रबारका निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
सानोथिमि बाल सुधारगृहमा झडप एवम् आगजनी
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदै
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया