जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजकाे खेलमा लुम्बिनी लायन्सविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएकाे हाे । जसमा सङ्गीथ कुरेले सर्वाधिक ४५, मयन यादवले २७, आशिफ शेखले २० रनको योगदान गरे । लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले दुई–दुई विकेट झारे ।
छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेको खण्डमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने छ । यदि यो खेल जनकपुरले जितेमा अङ्कतालिका रोमाञ्चक हुनेछ । जनकपुरको हालसम्म पाँच खेलबाट दुई अङ्कमात्र छ । जितेको खण्डमा चार अङ्क हुनेछ । त्यसपछि अन्तिम खेल बाँकी रहँदा सबै टोलीको प्रतिस्पर्धा बढ्नेछ ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अङ्कका साथ पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ । काठमाडौँ गोर्खाज र विराटनगर किङ्स प्लेअफमा सुरक्षित छन् । कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ ।
मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

















प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा
कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या
झापाबाट लागुऔषधसहित सात जना पक्राउ
Tractor hits man to death
One dies in motorcycle accident
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया