क्यानडामा शक्तिशाली भूकम्प

काठमाडौं । उत्तरपश्चिम क्यानडामा ७ म्याग्निच्युडकाे शक्तिशाली गएकाे छ । याे देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ ।
भूकम्प स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो, जसको केन्द्रबिन्दु ह्वाइटहर्सबाट करिब २५० किलोमिटर पश्चिममा थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका विज्ञहरूका अनुसार भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको थियो ।
मुख्य भूकम्पपछि अन्य धेरै पराकम्पन आएको महसुस गरिएको छ, जसमा सबैभन्दा ठूलो ५.१ म्याग्निच्युड मापन गरिएको थियो ।
क्षतिको तत्काल कुनै रिपोर्ट आइसकेको छैन । यद्यपि ह्वाइटहर्सका धेरै बासिन्दाले सामाजिक सञ्जालमा भूकम्पले हल्लिएको अनुभूति भएको बताएका छन् ।
शनिबारको यो भूकम्प पछिल्ला ७९ वर्षयता क्यानडाको भूमिमा गएको सबैभन्दा ठूलो भूकम्प हो । यसअघि क्यानडामा ७ वा सोभन्दा ठूला म्याग्निच्युडको भूकम्प १९४६ मा भ्यान्कुभर आइल्याण्डमा मापन गरिएको थियो ।
क्यानडामा हालसम्मकै सबैभन्दा ठूलो भूकम्प सन् १७०० को जनवरीमा मापन भएको थियो । त्यतिबेला ९ म्याग्निच्युड मापन भएको भूकम्पको केन्द्रविन्दु ब्रिटिस कोलम्बियाको समुद्रतट बाहिर थियो ।
शनिबारको भूकम्प उच्च भूकम्पीय जोखिम भएको क्षेत्रमा गएको हो, जसलाई अर्थक्वेक्स क्यानडाले २०१५ मा गरेको विश्लेषणले पनि पुष्टि गरेको छ ।









दार्चुलामा भूकम्पकाे धक्का
भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
क्यानडामा शक्तिशाली भूकम्प
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया