क्यानडामा शक्तिशाली भूकम्प

काठमाडौं । उत्तरपश्चिम क्यानडामा ७ म्याग्निच्युडकाे शक्तिशाली गएकाे छ । याे देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ ।
भूकम्प स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो, जसको केन्द्रबिन्दु ह्वाइटहर्सबाट करिब २५० किलोमिटर पश्चिममा थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका विज्ञहरूका अनुसार भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको थियो ।
मुख्य भूकम्पपछि अन्य धेरै पराकम्पन आएको महसुस गरिएको छ, जसमा सबैभन्दा ठूलो ५.१ म्याग्निच्युड मापन गरिएको थियो ।
क्षतिको तत्काल कुनै रिपोर्ट आइसकेको छैन । यद्यपि ह्वाइटहर्सका धेरै बासिन्दाले सामाजिक सञ्जालमा भूकम्पले हल्लिएको अनुभूति भएको बताएका छन् ।
शनिबारको यो भूकम्प पछिल्ला ७९ वर्षयता क्यानडाको भूमिमा गएको सबैभन्दा ठूलो भूकम्प हो । यसअघि क्यानडामा ७ वा सोभन्दा ठूला म्याग्निच्युडको भूकम्प १९४६ मा भ्यान्कुभर आइल्याण्डमा मापन गरिएको थियो ।
क्यानडामा हालसम्मकै सबैभन्दा ठूलो भूकम्प सन् १७०० को जनवरीमा मापन भएको थियो । त्यतिबेला ९ म्याग्निच्युड मापन भएको भूकम्पको केन्द्रविन्दु ब्रिटिस कोलम्बियाको समुद्रतट बाहिर थियो ।
शनिबारको भूकम्प उच्च भूकम्पीय जोखिम भएको क्षेत्रमा गएको हो, जसलाई अर्थक्वेक्स क्यानडाले २०१५ मा गरेको विश्लेषणले पनि पुष्टि गरेको छ ।
















अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया