पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ
मेरोन्यूज
२०८२ मंसिर २२ गते १५:५१

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–२६ बस्ने ३३ वर्षीय भीमबहादुर महर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजिकुमार आचार्यले जानकारी दिए । उनले भने, “पक्राउ परेका महरले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट रु दुई लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा निजलाई काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट पक्राउ गरिएको हो ।”
निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताए।
सम्बन्धित
















राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास
खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलकाे नेता बनाउने
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया