लगातार घटेकाे सेयर बजारमा आज सामान्य सुधार

काठमाडौँ । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा आज भने सामान्य अंकको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव ३९ अंकले बढेर दुई हजार ६१४ दशमलव ०७ को बिन्दुमा कायम भएको हो ।
आज ३३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता शेयर ६२ हजार ६६५ पटक खरिद बिक्री हुँदा कारोबार रकम रू तीन अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ मा खुम्चिएको छ ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव १२, लघुवित्त शून्य दशमलव ०६, निर्जीवन बीमा शून्य दशमलव १७ र व्यापार समूह शून्य दशमलव ०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
विकास बैंक शून्य दशमलव ३१, वित्त शून्य दशमलव ४०, होटल तथा पर्यटन शून्य दशमलव ८८, जलविद्युत् शून्य दशमलव ८४, लगानी शून्य दशमलव १६ र जीवन बीमा शून्य दशमलव ८२ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन शून्य दशमलव ५३, म्युचुअल फण्ड शून्य दशमलव ३७ र अन्य समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ ।
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य तीन दशमलव ८८ प्रतिशतले घटेको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रू ३१ करोड ९२ लाख छ हजार ७१३ बराबरको सात लाख ६८ हजार ६५ कित्ता शेयर किनबेच भएको छ ।









लगातार घटेकाे सेयर बजारमा आज सामान्य सुधार
भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको संघर्ष हो : संयोजक दाहाल
सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको लडेर मृत्यु
पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण हुँदा ६ सैनिकको मृत्यु
भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्छाैं, कसैको धम्कीले डराउँदैनौं : प्रधानमन्त्री कार्की
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
प्रतिक्रिया