बिहीबार, मंसिर २५, २०८२

प्रतिनिधिसभा निर्वाचन : गगन थापा रोल्पाबाट सिफारिस

मेरोन्यूज २०८२ मंसिर २३ गते १८:२१

काठमाडाैं । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस गरिएको छ । महामन्त्री थापासहित ५ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस भएको हो।

रोल्पाबाट गगन थापा, लुम्बिनी सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, मन्दीप सुवेदी र ज्ञानबहादुर वलीको नाम सिफारिस भएको हो।

महामन्त्री थापा यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित हुँदै आएका थिए।

प्रतिक्रिया