इन्डोनेसियाको राजधानीमा भीषण आगलागी, महिलासहित २२ जनाको मृत्यु

इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, आगो पहिलो तलामा विस्फोट भएको ड्रोनको ब्याट्रीबाट सुरु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ, जसले माथिल्ला तलाहरूमा फैलियो । सेंट्रल जकार्ता प्रहरी प्रमुख सुसात्यो पुर्नोमो कोंद्रोले पत्रकारहरूसँग भन्नुभयो,“आगलागीको सही कारण फोरेंसिक प्रयोगशालाले अझै अनुसन्धान गरिरहेको छ ।
हामी यस घटनाको पूर्ण रूपमा अनुसन्धानमा प्रतिबद्ध छौं ।” एक साक्षीले बताए अनुसार आगो खाना खाने समयमा सुरू भएको थियो र दमकल टोली पुग्दा आगो पहिले नै ठूलो भएको थियो । ५३ वर्षीया नुरहायतीले भन्नुभयो,“ढोका बन्द थियो । आगो पहिले नै ठूलो र भयावह देखिन्थ्यो ।” प्रहरीले प्रारम्भिक मृत्यु सङ्ख्या १७ बाट अपडेट गर्दै २२ जनाको मृत्यु पुष्टि गरेको छ, जसमा १५ जना महिला छन् । तीमध्ये एक महिला गर्भवती रहेको बताइएको छ ।
जकार्ता दमकल विभागले कम्तीमा १०० दमकलकर्मी र २९ वटा दमकल गाडी परिचालन गरेर आगो निभाएको थियो । प्रहरीका अनुसार भवन खाली गराउँदा स्थानीय एक प्रहरी कमाण्डर घाइते भएका छन् । प्रहरी प्रमुखले बताए अनुसार दमकलकर्मीहरू अहिले भवन चिसो पार्न र केही तलाबाट बाक्लो धुवाँ हटाउनमा केन्द्रित छन् ।
“भवन पूर्ण रूपमा खाली भएपछि हामी फेरि खोजी गर्नेछौं,” उहाँले भन्नुभयो । घटनास्थलमा हेर्दा अधिकांश मृतकहरूमा सम्भवतः धुवाँमा सास फेर्न नसक्दा मृत्यु भएको देखिन्छ । आगलागीमा क्षतिग्रस्त भवनको बाहिरी भाग कालो भएको छ र केही झ्याल फुटेका छन् । भवन कृषि ड्रोन सेवा कम्पनीले प्रयोग गर्दै आएको थियो ।
दमकलकर्मीहरूले ठूलो पङ्खा प्रयोग गरेर भवन चिसो पारेका थिए । प्रहरीले सबै साक्षी, व्यवसायी र भवन मालिकसँग सोधपुछ गर्दैछ । अनुसन्धानले आगलागी लापरबाहीका कारण भएको हो कि अन्य कुनै जिम्मेवार पक्षसँग सम्बन्धित छ भनी जाँच गर्नेछ । सन् २०२३ मा देशको पूर्वी भागमा निकल प्रशोधन कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया