र्यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

बेलायत। चर्चित ब्रिटिस र्यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय प्रहरी लन्डनले, दुर्घटनामा संलग्न भएका गेट्स नामले चर्चित कलाकार स्यामुयलले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिएको हो ।
आफ्नो आधिकारिक वेभसाइटमार्फत प्रहरीले भनेको छ,“३० माइल प्रतिघण्टा गति निर्धारण गरिएको सडकमा ४१ वर्षीय स्यामुयलले ६० माइलप्रति घण्टाभन्दा बढी गतिमा गाडी चलाइरहेका थिए र सडक पार गर्दै गरेका युविन तामाङलाई ठक्कर दिएका थिए ।” प्रहरीका अनुसार, स्थानीय समयअनुसार गत अक्टोबर १८ राति ११ः३० बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युविन लामाङलाई ठक्कर दिएपछि स्यामुयल घटनास्थलमा नरोकिई भागेका थिए ।
ठक्कर दिएको दुई दिनपछि उपचारका क्रममा तामाङको मृत्यु भएको थियो । गतवर्ष सेप्टेम्बरमा बेलायत आउनु भएका उहाँ युनिभर्सिटी अफ रोह्याम्पटनमा ‘बिएस्सी विजनेश म्यानेजमेन्ट’ दोस्रो वर्षमा अध्ययनरत थिए । दुर्घटनाको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी इनिस्पेक्टर मार्क ब्रथवेटले भन्नुभयो, “हाम्रो समवेदना युविनको परिवारको साथ छ, यो क्षतिको कुनै पनि हालतमा भरपाई हुनसक्दैन, तर अपराधमा संलग्नता स्वीकार न्याय प्राप्तिको बाटोमा एक महत्त्वपूर्ण कदम हो ।
यसले युविनको परिवारलाई केही राहत मिल्ने हाम्रो विश्वास छ ।” बेलायतस्थित कार्यवाहक नेपाली राजदूत विपिन दुवाडिले घटनामा संलग्न व्यक्तिले स्वीकार गर्नु पीडित परिवारको न्यायका लागि सकारात्मक पाटो भएको बताए । तामाङको निधनपछि न्यायका लागि दूतावासले सक्रिय भूमिका खेलिरहेको पनि उनले बताए ।
दुर्घटनापछि भागेका स्यामुयलको वुडफोर्डस्थित घरमा खोजतलास गर्दा प्रहरीले भोलिपल्ट बिहानै उनको नाममा दर्ता र बिमा गरिएको कार क्षतिग्रस्त अवस्थामा फेला परेको थियो । यसैबीच यहाँको अदालतले स्यामुयललाई आगामी माघ २९ गते (फेब्रुअरी १२)मा सजाय सुनाउने जनाइएको छ ।














टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
‘Rhino Cruise’ coming into operation from Gaindakot
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
46 days to go for HoR elections: EC hopeful of compliance with code of conduct
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया