सीटीईभीटीको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान
मेरोन्यूज
२०८२ मंसिर २४ गते ७:४५

काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्ष पदमा दरखास्त आह्वान गरेको छ ।
उपाध्यक्ष पदका लागि नाम छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरेर योग्यता पुगेका इच्छुक उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो ।
सूचनामा लेखिएअनुसार आजबाट सात दिनभित्र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखामा दरखास्त बुझाउन भनिएको छ ।
दरखास्तका साथ वैयक्तिक विवरण, नेपाली नागरिकताको प्रमाणपत्र, स्नातकोत्तर तहको प्रमाणपत्र (विद्यावारिधि भए सोसमेत), परिषदबाट सम्बन्धन प्राप्त संस्थाको सञ्चालक पदमा कार्यरत नभएको स्वघोषणा र अनुभवसहितका कागजात बुझाउन भनिएको छ ।

सम्बन्धित









सीटीईभीटीको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान
काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज
निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै
कस्ताे रहला आजको मौसम ?
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
प्रतिक्रिया