कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित

कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाख भन्दा बढी थाई बासिन्दाहरूलाई आफ्नो आश्रय स्थल छोडी अनेत्र जना बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बुधबार बताउनु भएको छ ।
थाइल्यान्डको आर्मी एरिया कमान्डले सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै बुधबार स्थानीय समय अनुसार विहान ५ः०० बजे देखि सुरु भएको आक्रमण बुरिराम, सुरिन, सिसाकेट र उबोन रत्चथानी प्रान्तको सिमानाका धेरै क्षेत्रहरूमा भएको र अहिलेसम्म कुनै हताहत नभएको जनाएको छ ।
विज्ञप्तिमा विहान ८ः४० मा कम्बोडियन पक्षबाट फायर गरिएको बीएम–२१ रकेट सुरिन प्रान्तको एक अस्पताल नजिकै अवतरण भए पछि बिरामी र कर्मचारीहरूलाई सुरक्षित आश्रयमा सारेको जनाइएको छ ।
थाई मिडियाका अनुसार थाइल्यान्ड र कम्बोडियाबिचको सीमा झडपले थाइल्यान्डको सीमावर्ती प्रान्तहरूमा ८०० भन्दा बढी विद्यालय र ठुलो सङ्ख्यामा अस्पतालहरू अस्थायी रूपमा बन्द गर्न बाध्य पारेको छ ।
कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व आइतबार दिउँसो देखि पुनः सुरु भएको छ भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाउदै आएका छन् ।









एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
निर्वाचन निर्धारित समयै सम्पन्न गराउन प्रधानमन्त्रीले मागिन् सहयोग
सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेबी हिलसाईड रिसोर्टमा विशेष छुट
कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
प्रतिक्रिया