बर्दिया घटनाबारे गठित छानबिन समितिले थाल्यो काम

काठमाडौँ । नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार स्थलमै पुगेर घटनाको यथार्थ विवरण बुझ्दै मृतक अन्जु थारुकी ७ वर्षिया छोरी अनिता थारुको जन्म दर्ता र बुबा (कान्छा थारु, ६१) को मृत्यु दर्ता स्थानीय वडा कार्यालयमा गरिएको छ।
समिति सदस्य तथा गृह मन्त्रलयका उपसचिव कुलशेखर अर्यालका अनुसार घटनास्थलमा आएर हामीले समग्र वस्तुस्थिति बुझ्दा मुख्य समस्या अन्जुको छोरीको जन्म दर्ता र उनकी बुबाको मृत्यु दर्ता नभएको भन्ने थाहा भएकोले त्यो समस्या अब निराकरण भएको छ। हामीले आज वडा कार्यालयमै पुगेर अन्जुको बुवाको मृत्यु दर्ता र उनको छोरीको जन्म दर्ता (अन्जुको श्रीमान अनिलको नामबाट) जन्म दर्ता गरिएको पनि समिति सदस्य अर्याल जानकारी दिए।
“आज हामी समिति संयोजक सुरेश पन्थीज्यूको नेतृत्वमा सबै सदस्यहरु बढैयाताल-४ मा पुगेर समग्र बस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरी बालिकाको जन्म दर्ता र अन्जुकी बुवाको मृत्यु दर्ता गर्ने प्रक्रिया सम्पन्न गर्यौं, बाँकी समस्या हामी बुझेर प्रतिवेदनमा खुलाउने छौं,” अर्यालले भने।
अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा र पक्राउ पूर्जी जारी भएको छ भने मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको जनाएको छ।
बर्दियाको बढैयाताल–४ दक्षिण भकारीकी २१ वर्षीया अञ्जु थारू पतिबाट उपेक्षित भएपछि अदालतले अंशको फैसला गरेको थियो, तर नागरिकता नहुँदा उनले अंश पाउन सकिनन् ।
गृह मन्त्रालयको मङ्सिर २१ गते सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव अर्याल र बर्दियाका सहायक सीडीओ अशोककुमार भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरिएको छ। समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समयावधि दिइएको छ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया