आज २०८२ साल मंसिर २५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २५ गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर ११ तारिख । पुष कृष्ण पक्षको सप्तमी तिथि । अन्तर्राष्टिय पर्वत दिवस । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ ।
मेष : सन्तानको प्रगतिले मन उत्साहित रहनेछ। काममा आज नयाँ उर्जा महसुस हुने छ। मनमा परोपकारको भावना जागृत हुनेछ। शैक्षिक क्षेत्र फराकिलो हुनाले बौद्धिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अक ७ रहेको छ।
वृष : परिश्रम अनुसार परिणामको प्राप्ति नहोला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। सकारात्मक दृष्टिकोण राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन :स्वार्थको लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। प्रविधिमार्फत टाढाका आफन्तहरूसँग भेटघाट हुनेछ । कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ। लगनशीलताले सजिलै लक्ष्यमा पुगिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
कर्कट :सहकार्यले काम सहज बन्नेछ। नयाँ निवेश गर्नुभन्दा अघि अनुभवी व्यक्तिहरूसँग परामर्श लिनुहोला। कार्यस्थलमा चलिरहेको मतभेद सुल्झिनेछ। आफन्तहरूको साथ र सहयोग पाइएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
सिंह :सोचे अनुरूप कामहरू बन्दै जानेछन्। कार्यक्षेत्रमा नयाँ कामको अवसर मिल्नेछ। ठेक्कापट्टा वा पशुधनबाट लाभ आर्जन गर्न सकिनेछ। साथीभाईहरूसँग सन्तुलित व्यवहार राख्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
कन्या :भावुकतामा आएर निर्णय नलिनुहोला। खुरापाती व्यक्तिहरूबाट तर्किने प्रयास गर्नुहोस्। समय र अवस्था हेरेर कार्यलाई प्रारम्भ गर्नुहोला। कुनै कुरालाई लिएर मन अशान्त रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अङ्क ८ रहेको छ।
तुला : मनमा भएको बोझ हटेर जानेछ। आफन्तहरूको प्रगतिले मन रमाउनेछ। बन्धु बान्धवहरूबाट सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : कुनै कुराले मन दोमन हुन सक्छ। कार्यक्षेत्रमा शत्रुहरू हावी हुनेछन्। प्रशासनिक वा राजकीय क्षेत्रबाट सहयोग मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
धनु :मानसम्मानमा वृद्धि हुनेछ। सन्तानहरूको प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। कार्यशैलीमा सुधार आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
मकर :कसैको कुनै पनि कुरामा बढी चासो नदिनुहोस्। व्यापार विस्तारको लागि नयाँ विचारहरू आउनेछन्। नकारात्मक विचारबाट टाढा रहनुहोस्। महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ : व्यस्तताको कारण कुनै पनि कार्य समयमा सम्पादन हुन गाह्रो रहेको छ तर पनि व्यक्तिगत काममा समय दिने प्रयास गर्नुहोस्।कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ। आत्मबल र मनोबल सबल रहनेछ। आजको शुभ रंग हल्का खैरो हो भने शुभ अंक ७ रहेको छ।
मीन :घरायसी काम बिग्रिनाले मनमा चिन्ता रहनेछ। सकेसम्म आफूलाई शान्त राख्ने प्रयास गर्नुहोस्। प्रारम्भमा चुनौती देखिए पनि कार्यक्षेत्रमा प्रभाव जमाउन सकिनेछ। नोकरी वा पेशामा सहयोगीहरूको साथ पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सल्यानमा नेकपाका मल्ल विजयी
रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे
सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
प्रतिक्रिया