समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ ।
आयोगले एक सूचना प्रकाशन गरी आज बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा लिन सक्ने जनाएको छ । आयोगमा १०० राजनीतिक दलले यस प्रणालीका लागि आवेदन दिएका छन् ।
प्राप्त भएको आवेदनमाथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा दिएको थियो ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् भने ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् ।













कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
Discussions ongoing on reports in NC’s Special General Convention
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया