बुधबार, वैशाख १६, २०८३

जेनजी र सरकारबीचको सम्झौतालाई ओलीले भने- ‘कलाविहीन भद्दा नाटक’

मेरोन्यूज २०८२ मंसिर २५ गते १४:५८

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच भएको सम्झौताप्रति कटाक्ष गरेका छन्। बिहीवार काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उनले उक्त सम्झौतालाई ‘कलाविहीन भद्दा नाटक’को संज्ञा समेत दिए।

Advertisement
NiccNicc

ओलीले सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको भन्दै धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गरे । ‘हिजो एउटा कलाविहीन नाटक भयो, गोबर टाँसेको सरकारले त्यो नाटक गर्‍यो,’ ओलीले भने, ‘त्यहीँ अस्वीकार भयो, त्यहीँ च्यातिदियो, त्यसैले त्यो कलाबिहीन भद्दा नाटक हो।’

वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने बताउँदै ओलीले संसद पुनःस्थापना नै अब अन्तिम विकल्प भएको धारणा व्यक्त गरे।

प्रतिक्रिया