बिहीबार, मंसिर २५, २०८२

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित सात जनाविरूद्ध मुद्दा

मेरोन्यूज २०८२ मंसिर २५ गते १७:२२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तिर्थराज भट्टराईसहित सातजना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ ।

अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । त्यस्तै सम्पत्ति शुद्धीकरणमा पनि तीन जनाविरुद्ध अख्तियारले मुद्दा ल्याएको छ ।

अख्तियारले २०८१ चैत ७ गते सहसचिव भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया