मंसिर २६ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८२ साल मंसिर २६ गते शुक्रबार तदनुसार सन् २०२५ डिसेम्बर १२ तारिख । पुस कृष्ण पक्षको अष्टमी तिथि । अन्तर्राष्ट्रिय तटस्थ दिवस । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।
मेष : शरीरमा फुर्तिलाे रहनाले मन प्रसन्न रहनेछ। आँटे ताकेको कार्य पूरा गर्ने समय रहेको छ। प्रियजनसँगको सुखद भेटले मनमा आनन्द छाँउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
वृष : अचानक धन हानिका योग छन्। खर्चगर्दा सोच बिचार पुर्याउनुहोला। मानसिक चिन्ता र तनावको वातावरण बन्नेछ। शिवजीको आरधना गरेर काम गर्नाले सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ ।
मिथुन : घर परिवारमा खुशी साटा साट हुनेछ। केही अप्रत्याशित समाचार आउन सक्छ। आयआर्जनको नयाँ स्त्रोतहरू फेलापर्नेछन्। साथीभाईको सहयोगमा महत्वपूर्ण कार्य सफल होला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : कार्यक्षेत्रमा सहकर्मीहरुको साथ मिल्नेछ। मन प्रफुल्लित रहनेछ। भावनात्मक समझदारी देखाएर आपसी सम्बन्ध सुधार्न सकिनेछ। आजको लागि शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
सिंह : धार्मिक तिर्थस्थलहरूमा भ्रमणका योग रहेका छन्। धर्मकर्ममा विशेष मन जानेछ। समग्रमा यहाँहरुको लागि शुभ समय रहेको छ र भाग्यको साथ मिल्नाले अधुरा कार्य पूरा हुनेछन्। आजको लागि शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।
कन्या : कतै रमाइलो सम्वादले मन हलुका बनाउनेछ। काममा सन्तुष्टि मिल्नेछ तर मनलाई खुला राख्नुपर्छ। पेट सम्बन्धि समस्याले सताउन सक्छ। स्वास्थ्य र खानपानमा बिशेष ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
तुला : तुला राशि हुनेहरुका लागि आजको समय शुभ रहेको छ। प्रेम तथा दाम्पत्य सुखको लागि उचित समय रहेको छ। प्रियजनसँग भेटघाटले मनमा हर्ष र उल्लास छाईरहनेछ। आजको लागि शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
वृश्चिक : यहाँहरुको लागि आजको दिन सामान्य रहेको छ। खानपानमा सजगता अपनाउनुहोला। व्यर्थको झन्झट आईलाग्न सक्छ त्यसैले अरुसँग व्यवहार गर्दा विशेष ध्यान दिनुहोला। आजको लागि शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
धनु :आजको दिन भाग्य वृद्धि हुनाले मान सम्मान र यश मिल्नेछ। शत्रुहरु पराजित हुनेछन्। निर्णय क्षमता प्रबल हुनाले राम्रो कामको थालनी गर्न शुभ समय रहेको छ। आजको शुभ रंग पहेलोहो भने शुभ अंक ५ रहेको छ।
मकर :मनमा शान्ति र मुहारमा कान्ति दिनभरी रहनेछ। भोगविलासमा मन प्रफुल्ल रहला। लामो समयदेखि अड्किएको काम सफल होला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ : परिवार र आफन्तको सहयोग मिल्नेछ। लेखन र साहित्यमा मन लागिरहला। खोज र अनुसन्धानका कार्यबाट सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
मीन : मीन राशि हुनेहरुका लागि आजको समय शुभ रहेको छ। बोलिको प्रभावले टाढिएका मित्रहरु नजिकिन सक्छन्। मिष्ठान्न भोजन ग्रहणको सुअवसर प्राप्त होला । मनमा प्रसन्नता छाउने छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया