शनिबार, मंसिर २७, २०८२

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री

मेरोन्यूज २०८२ मंसिर २७ गते ११:३२
प्रधानमन्त्री कार्की – ब्रिफिङ काठमाडौँ, ३१ असोजः प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्की शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई कूटनीतिक ब्रिफिङ गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेकी छिन् ।

उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेकी हुन् । उनले भनेकी हुन्, “यस उत्सवले सिङ्गो देशलाई जिताएको छ, जगाएको छ । सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्‍याएको छ ।”

प्रतिक्रिया