उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला सभा सम्पन्न

भक्तपुर । शनिबार उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला सभा सम्पन्न भएको छ । जेन जी आन्दोलनका घाइते योद्धा भक्तपुर, मध्यपुर नगरपालिका ३ कौशलटारका श्रेयश न्यौपानेले पानसमा दीप प्रज्वलन गर्नुका साथै बत्तिको चिम बालेर भक्तपुर जिल्ला स्तरीय सभाको उद्घाटन गरेका थिए । उक्त आन्दोलनमा तीन वटा मेटालिक गोलि लागेर बा“च्न सफल युवा हुन् ।
सूर्यविनायकमा सम्पन्न उक्त बृहत जिल्ला भेलाले उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला नेतृत्व जिल्ला संयोजक दुर्गा घिमिरेको संयोजकत्वमा गठन गरेको छ । बहुसांस्कृतिक एकता सहित नयाँ मुलधारको शक्ति बनाउने प्रयासमा आफू लागेको घिमिरेले बताइन् । उज्यालो नेपाल पार्टी विकास र समद्धि दिन सक्ने एउटै पार्टी भएको उनले जिकिर गरिन् । अर्की केन्द्रीय सदस्य सीता पाण्डेले भक्तपुर संस्कृती, प्रकृति र प्रविधिको विकास गरि मुलुककै नमुना जिल्ला हुन सक्ने बताइन् । भक्तपुरको खर्पन परम्परालाई आधुनिकीकरण गर्नमा पार्टीले विशेष जोड दिने बताइन् । ‘माटोका भा“डाहरु नेपाल बाहिरबाट आयात भईरहेको छ । अब त्यो रोकेर भक्तपुरकै उत्पादनहरुलाई देशभर लैजानुपर्छ ।’ पाण्डेले बताईन् ।
यस्तै जेन जी आन्दोलनका घाइते योद्धा श्रेयश न्यौपानेले देश अ“ध्यारो र भ्रष्टाचारको भुमरीमा डुब्न लागेकाले बचाउन सबैले भूमिका खेल्नु पर्ने बताए । उक्त भेलामा उज्यालो नेपाल पार्टीका केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।










सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिकाे सुझाव
समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री कार्की
पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
प्रतिक्रिया