उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला सभा सम्पन्न

भक्तपुर । शनिबार उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला सभा सम्पन्न भएको छ । जेन जी आन्दोलनका घाइते योद्धा भक्तपुर, मध्यपुर नगरपालिका ३ कौशलटारका श्रेयश न्यौपानेले पानसमा दीप प्रज्वलन गर्नुका साथै बत्तिको चिम बालेर भक्तपुर जिल्ला स्तरीय सभाको उद्घाटन गरेका थिए । उक्त आन्दोलनमा तीन वटा मेटालिक गोलि लागेर बा“च्न सफल युवा हुन् ।
सूर्यविनायकमा सम्पन्न उक्त बृहत जिल्ला भेलाले उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला नेतृत्व जिल्ला संयोजक दुर्गा घिमिरेको संयोजकत्वमा गठन गरेको छ । बहुसांस्कृतिक एकता सहित नयाँ मुलधारको शक्ति बनाउने प्रयासमा आफू लागेको घिमिरेले बताइन् । उज्यालो नेपाल पार्टी विकास र समद्धि दिन सक्ने एउटै पार्टी भएको उनले जिकिर गरिन् । अर्की केन्द्रीय सदस्य सीता पाण्डेले भक्तपुर संस्कृती, प्रकृति र प्रविधिको विकास गरि मुलुककै नमुना जिल्ला हुन सक्ने बताइन् । भक्तपुरको खर्पन परम्परालाई आधुनिकीकरण गर्नमा पार्टीले विशेष जोड दिने बताइन् । ‘माटोका भा“डाहरु नेपाल बाहिरबाट आयात भईरहेको छ । अब त्यो रोकेर भक्तपुरकै उत्पादनहरुलाई देशभर लैजानुपर्छ ।’ पाण्डेले बताईन् ।
यस्तै जेन जी आन्दोलनका घाइते योद्धा श्रेयश न्यौपानेले देश अ“ध्यारो र भ्रष्टाचारको भुमरीमा डुब्न लागेकाले बचाउन सबैले भूमिका खेल्नु पर्ने बताए । उक्त भेलामा उज्यालो नेपाल पार्टीका केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।

















वैशाख वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रतिक्रिया