विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’

काठमाडाैं। विधान महाधिवेशनको निर्णय उल्ट्याउँदै पदाधिकारीको संख्या बढाउने एमालेकाे निर्णयप्रति पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डले आपत्ति जनाएका छन् । आइतबार सामाजिक सञ्जालमा एक पाेष्ट लेख्दै उनले पहिले आफैंले घटाएको पदाधिकारी संख्या मनपरी ढंगले बढाइएको भन्दै आपत्ति जनाए ।
‘के हाम्रा विधानहरू अस्थायी हुन् र ? हिजो विधान अधिवेशन अगाडि संख्या घटाऔं भन्ने अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔं भन्ने ? यो सरासर मनपरी होइन भने के हो?’
उनले विधानलाई चलाउँदा विधान महाधिवेशनको औचित्य सकिने तर्क समेत गरेका छन् ।
‘अहिले आएर दाँया–बाँया गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ। यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ। पार्टी विधान, विधि र प्रक्रियाअनुसार चल्नु अनिवार्य छ’, पाण्डेले लेखेका छन् ।
यस्ताे छ उनकाे स्टाटस् :
के हाम्रा विधानहरू अस्थायी हुन् र ? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने-यो सरासर मनपरी होइन भने के हो? अहिले आएर दाँया–बाँया गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ। यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ। पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ।












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया