एक क्वीन्टलबढी गाँजासहित सुनसरीबाट दुई जना पक्राउ

धरान (सुनसरी) । सुनसरीको बराह क्षेत्रबाट गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलिले गए राति करिब १२ः४५ बजे बराह क्षेत्र नगरपालिका–३ नडाहा, धरान सडकखण्ड जङ्गल क्षेत्रमा धरानबाट नडाहातर्फ जाँदै गरेको बा १८ च ३८३४ नम्बरको कारबाट १३० केजी गाजाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।
उक्त गाडी शंकास्पद देखिएपछि जाँच गर्दा कारको पछाडिको सिट र डिक्कीमा कालो प्लास्टिकमा प्याक गरी राखिएको गाँजा फेला परेको उनले बताए । प्रहरीले कारसहित चालक इटहरी उपमहानगरपालिका–१७ का २४ वर्षीय करण साह र विराटनगर उपमहानगरपालिका–५ का २१ वर्षीय सचिन मेहतालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजा, कार र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया