‘टियागो ईभी कार्टनिभल सम्पन्न’, आशिम र समय्याले जिते ‘पीएस ५’पुरस्कार

काठमाडौं । टियागो ईभी कार्टनिभल अन्तर स्कुल चित्रकला कार्यक्रम अन्तर्गत प्रदर्शनी र पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न भएको छ । सिप्रदियन सहायता संस्था र बुढानिलकण्ठ स्कुलको सहकार्यमा आयोजित अन्तर स्कुल चित्रकला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएको कार्यक्रम, चित्रकला प्रदर्शनी तथा विशेष पुरस्कार वितरण समारोह सहित सम्पन्न भएको छ ।
प्रतियोगिता अन्तर्गत कक्षा ५ देखि ८ सम्मको समूहमा त्रियोग हाईस्कुलका आशिम सुन्दास र कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ स्कुलका समय्या थापा प्रथम भएका छन् । दुवै समूहका प्रथम विजेताहरूलाई पुरस्कार स्वरूप प्लेस्टेशन ५ (PS5) प्रदान गरिएको छ ।
दुई चरणमा विभाजन गरिएको यस कार्यक्रमको पहिलो चरण अन्तर्गत गत मङ्सिर १३ गते चित्रकला प्रतियोगिता र कार्यशाला सञ्चालन गरिएको थियो भने दोस्रो चरणमा पौष २८ गते उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगिताको कक्षा ५ देखि ८ को समूहमा काठमाडौँ यूरो स्कुलकी ब्रिशा भट्टले द्वितीय, नेशनल ब्लुमिंग फ्लावोर एकेडेमीका सामिक कुँवरले तृतीय, बुढानिलकण्ठ स्कुलका दक्ष चौधरीले चौथो र त्रियोग हाईस्कुलकी आश्वी घलेले पाँचौँ स्थान हासिल गरेका छन् । त्यसैगरी कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ माध्यमिक विद्यालयकी युनिशा श्रेष्ठ र राजन मुखिया क्रमशः द्वितीय र तृतीय हुन सफल भएका छन् ।
उक्त कार्यक्रम बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदी ट्रेडिङ प्रा.लि.का पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापतिका साथै शिक्षक, अभिभावक, सहभागी स्कुलका विद्यार्थी, तथा कला क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सु सम्पन्न भएको थियो ।
















स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
प्रतिक्रिया