राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र

काठमाडाैं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्र तोकेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले मतदान केन्द्र तोकिएको जनाएको छ।
जसअनुसार कोसी प्रदेशका लागि मोरङको प्रदेश निर्वाचन कार्यालय, विराटनगर परिसरमा मतदान केन्द्र तोकिएको छ। त्यसै मधेस प्रदेशमा जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, बागमतीमा मकवानपुरको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा, गण्डकीमा प्रदेश निर्वाचन कार्यालय गण्डकी कास्की, लुम्बिनीमा दाङको कर्मचारी मिलन केन्द्र घोराही, कर्णालीमा सुर्खेतको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर र सुदूरपश्चिममा कैलालीको प्रदेश निर्वाचन कार्यालय धनगढीलाई मतदान केन्द्र तोकिएको छ।
आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा क मतदान केन्द्रमा प्रदेश सभा सदस्यले मतदान गर्नेछन्। ख केन्द्रमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका मेयर, उपमेयरले मतदान गर्नेछन्।
















देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया