एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
मेरोन्यूज
२०८२ पुष ४ गते ८:०१

काठमाडौं ।नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ । ११औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्न लागेको हो ।
मंसिर २७ गते भक्तपुरमा उद्घाटन भएर सुरु भएको महाधिवेशन पुस ३ गते बिहीबार नयाँ नेतृत्व चयन गर्दै सकिएको हो ।
केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्न लागेको हो ।
महाधिवेशनपछि बस्न लागेको पहिलो केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी कार्यक्रम, पोलिटब्यूरो र स्थायी कमिटी गठनका विषयमा छलफल गर्नेछ ।११ औं महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
सम्बन्धित










रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया