नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस

अर्घाखाँची। नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा तथा फागुन २१ गते हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) उम्मेदवारका लागि १७ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ आठ, समानुपातिकतर्फ ६ तथा राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफरिस गरेको हो ।
आकांक्षी धेरै भएपछि केन्द्रीय मापदण्डभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरिएको जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए ।
प्रत्यक्षतर्फ पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेवतीप्रसाद भुसाल, प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’, पूर्व पार्टी सभापति कमलप्रसाद भुसाल, छत्रदेव गाउँपालिकाका पूर्व अध्यक्ष तथा युवा नेता लेखनाथ पोख्रेल, महाधिवेशन प्रतिनिधि डा मुिक्तराम श्रेष्ठ, डा जयबहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ र पार्टी उपसभापति बाबुराम पौडेल को नाम सिफारिस गरिएको जिल्ला सभापति श्रेष्ठले बताए ।
यस्तै समानुपातिकतर्फ पूर्व उपसभामुख पुष्पा भुसाल, निर्मला क्षेत्री, मणिराम परियार, ललिता सुनार, राजेन्द्र केसी र विष्णुप्रसाद अर्यालको नाम सिफारिस गरिएको छ । राष्ट्रियसभाका लागि पूर्व सांसद डा रामबहादुर विसी, पूर्व पार्टी सभापति तथा जिल्ला समन्वय समितिका पूर्व सभापति पिताम्बर शर्मा भुसाल र कांग्रेस पूर्व केन्द्रिय सदस्य बालकृष्ण पाण्डेको नाम सिफारिस गरिएको जिल्ला सभापति श्रेष्ठले जानकारी दिए ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया